• vacancy ad
  • अब एमालेमा फरक मत छैन : उपमहासचिव पौडेल

  • Ad Space available
  • नेकपा (एमाले)का उपमहासचिव विष्णु पौडेलले पार्टी भित्र फरक मत नरहेको बताएका छन्। पार्टीका संगठन विभाग प्रमुख समेत रहेका उपमहासचिव पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसावले एकतावद्ध रहेको दावीसमेत गरे । उनले पार्टीको विधान महाधिवेशनमा पार्टीभित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे।

    उपमहासचिव पौडेलले पार्टीका अर्का उपमहासचिव घनश्याम भुसालप्रति संकेत गर्दै पार्टीको विधान महाधिवेशनमा औपचारिक रुपले कसैले फरक मत नराखेको प्रतिक्रिया दिए।

    उपमहासचिव पौडेलले विधान महाधिवेशनले पार्टी विभाजन नभएको पुनर्पुष्टि गरेको बताए। विधान महाधिवेशनको उपस्थितिले, त्यहाँ भएको छलफलले र रिपोर्टिङपछि पार्टी विभाजन नभएको आफूहरुको निष्कर्ष सही सावित भएको उनको तर्क छ।

    उपमहासचिव पौडेलले माधव नेपालप्रति संकेत गर्दै स्वार्थवश, कुण्डावश, इस्र्यावश केही साथीहरु अलग भएको र भ्रममा परेर पार्टी छोडेकाहरु पुनः फर्किने क्रम सुरु भएको पनि बताए।

    ‘नेकपा एमाले विभाजन भएको छैन भनेर हामीले जे भनि आएका थियौ। त्यो निष्कर्षलाई यो महाधिवेशनमा भएको उपस्थितिले, छलफलले, महाधिवेशनमा जुन खालको रिपोर्टिङ भयो, त्यसले पुनर्पुष्टि गरेको छ। एमाले विभाजित भएको छैन’, उनले भने, ‘केही साथीहरु स्वार्थबस, कुण्डाबस, ईस्यावश पार्टीबाट अलग भए। केही साथीहरु भ्रममा परे। तर भ्रममा रहेका साथीहरु क्रमशः फर्किरहेका छन्।’

    सिफारिस
    लोकप्रिय