बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको भन्ने विषयमा सुनुवाइ हुन लागेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दा पहिलो पेशीमा चढेको हो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी मुद्दा हालेका थिए । त्यही मुद्दा सुनुवाइका लागि पेशीमा चढेको हो ।
ललिता निवासको ११४ रोपनी सरकारी जग्गा व्यक्ति नाममा ल्याउन भूमिका लेखेको अभियोगमा १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरे पनि नेपाल र भट्टराईलाई छाडेको भन्दै न्यौपानले रिट निवेदन दिएका हुन् ।
नेपाल र भट्टराई प्रधानमन्त्री हुँदा सरकारी जग्गा व्यक्तिको नाममा पुर्याउन महत्वपूर्ण निर्णय भएको थियो ।


