• vacancy ad
  • आज एमालेको स्थानीय तहका जनप्रतिनिधिको भेला

  • Ad Space available
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको भेला डाकेको छ ।

    आइतबार मात्रै विधान महाधिवेशन समपन्न गरेको एमालेले आज विहान ९ बजेका लागि भेला डाकेको छ ।

    ad space

    स्थानीय तहका प्रमुख तथा उप्रमुखहरुको भेला राष्ट्रिय सभागृहमा हुँदैछ । भेलामा आगामी स्थानीय तहको निर्वाचनका लागि बनाइने रणनीतिका बारेमा छलफल हुने केन्द्रीय सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।

    उनका अनुसार पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गर्नेछन ।

    विधान महाधिवेशनमा सहभागी हुन आएका एमालेका जिल्ला समन्वय समितीका प्रमुख, उपप्रमुख, महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका प्रमुख उपप्रमुख भेलामा सहभागी हुँदैछन ।

    आजको भेलालाई दिउसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय