• vacancy ad
  • एमाले केन्द्रीय सचिवालय १५ सदस्यीय, दुईपटकभन्दा बढी कार्यकारी पदमा बस्न नपाइने

  • Ad Space available
  • नेकपा एमालेको केन्द्रीय सचिवालय १५ सदस्यीय हुने भएको छ । ललितपुरको गोदावरीमा तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनमा समूहगत नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले अब एमालेको पदाधिकारी १५ जना रहने जानकारी दिए ।

    १५ जनाभन्दा बढी पदाधिकारी रहने केन्द्रीय सचिावलय बनाउन नहुने बताउँदै उनले महाधिवेशनमा उठाइएका विषयलाई आत्मसाथ गर्दै पदाधिकारी १५ सदस्यीय बनाएको बताए ।

    ad space

    उनका अनुसार अब एमालेमा अध्यक्ष एक जना, वरिष्ठसहित पाँच जना उपाध्यक्ष, महासचिव एक जना, उपमहासचिव एक जना र सचिव सातजना गरी १५ सदस्यीय केन्द्रीय सचिवालय रहनेछ ।

    एमालेको विधानमा एक व्यक्तिले दुईपटकभन्दा बढी कार्यकारी पदमा उमेदवार बन्न नपाइने व्यवस्था गरिएको छ । उपमहासचिव पौडेलले कुनै नेताले जिते पनि हारे पति दुईपटकभन्दा बढी उमेदवार बन्न नपाइने व्यवस्था गरिएको बताए ।

    यस्तै, उमेरहदको सम्बन्धमा पनि ७० वर्ष कायम गरिएको छ । कुनै व्यक्ति ७० वर्ष नपुग्दासम्म पदमा लड्न र बसेर काम गर्न पाउनेछन् ।

    तर, कार्यकालको बीचमा ७० वर्ष पुगे वा कटे उसलाई त्यो कार्यावधिभर काम गर्न पदमा बस्न पाउने व्यवस्था गरिएको पौडेलले बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय