काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा स्वविवेक प्रयोग गर्ने भएका छन्।
पार्टीका शीर्ष नेताहरुको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो । संघीय परिषदका संयोजक डा.बाबुराम भट्टराईको निवास, टोखामा बसेको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए । तर डा.भट्टराई र उपेन्द्र यादव पक्षका नेताहरुले विश्वासको मतको विपक्षमा मत दिनुपर्ने बताएका थिए ।
दुई पक्षको मत बाझिएपछि मध्यमार्गी सहमति खोज्दै सांसदहरुलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय भएको हो ।
सिफारिस
लोकप्रिय



