• vacancy ad
  • १३ जिल्लाको कांग्रेस वडा अधिवेशन दसैँपछि !

  • Ad Space available
  • काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत १३ जिल्लाको वडा अधिवेशनका सम्बन्धमा अन्योल भइरहेको छ । केन्द्रीय निर्वाचन समितिसँग नै बाँकी जिल्लाहरूको अधिवेशन कहिले हुन्छ भन्ने स्पष्ट जवाफ छैन ।

    समितिका एक सदस्य शनिबार (भोलि) सम्म बाँकी रहेका ४ जिल्लाको क्रियाशील सूची सार्वजनिक भएमात्र दसैँअघि वडा तह अधिवेशन गर्न सकिने बताउँछन् । सार्वजनिक भएन भने दसैँअघि वडा अधिवशेन सम्भव नभएको उनले बताए । जुन कुरा बिहीबार बसेको समिति बैठकमा पनि उठेको थियो । दसैँअघि बाँकी जिल्लाहरूमा अधिवेशन गर्ने नगर्ने सम्बन्धमा समितिको आइतबार बैठक बस्दैछ ।

    ad space

    “बाँकी रहेका जिल्लाहरूको सम्बन्धमा हिजोको बैठमा ठोस निर्णय हामीले गर्न सकेनौँ, भोलि बैठक बसेर के गर्ने भन्ने छलफल होला,” ती सदस्यले भने ।

    कांग्रेसले प्रदेश २ का ८ वटै जिल्लाहरूमा वडा तहकै अधिवेशन गर्न सकेको छैन । १३ जिल्लामध्ये निर्वाचन समितिले पनि ८ जिल्लामा निर्वाचन अधिकृत तोक्न बाँकी छ । १२ जिल्लाको एकैचोटी अधिकृत तोकेर अधिवेशन गर्ने तयारीमा समिति रहेको त्यी सदस्यले बताए ।

    आफूहरूले समयमै क्रियाशील सदस्यताको अन्तिम सूची नपाउँदा अधिवेशनको गराउन सफल नभएको उनको भनाइ छ । “अधिवेशन गर्न त पहिला सूची दिनुपर्‍यो नि अनि पो निर्वाचन समितिले काम गर्न सक्छ,” उनले भने ।

    क्रियाशिल विवाद समाधान समितिको सहमति कार्यान्वयन गर्न बनेको कार्यदलका एक सदस्य पनि दसैँअघि अधिवेशन हुने सम्भावना ज्यादै न्यून रहेको बताउँछन् । विवाद सामान्य लाग्ने भएपनि त्यसभित्र जटिलता रहेको उनको भनाइ छ ।

    “कृष्ण दाइको समितिले निर्णय गरेर के गर्नु कार्यान्वयनमा समस्या छ अनि समय त लाग्छ नै,” ती सदस्यले भने ।

  • ad space
  • सिफारिस
    लोकप्रिय