काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक नेपालले माल्दिभ्सलाई पराजित गरेको छ ।
साफ च्याम्पियनसिप अन्तर्गतको गएराती भएको खेलमा नेपालले माल्दिभ्समाथि १ शुन्य गोल अन्तरको ऐतिहासिक जित निकालेको हो ।
पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका मनिष डाँगीले खेलको ८६औं मिनेटमा उत्कृष्ट गोल गरेपछि माल्दिभ्स पराजित भएको हो ।
यो जितसंगै नेपालले तीन अंक जोडेको छ । खेलको ५९औं मिनेटमा इब्राहिम हसनको हेडलाई गोलकिपर किरण लिम्बूले उत्कृष्ट बचाउ गरे ।
मालेस्थित नेसनल स्टेडियममा भएको प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १ शुन्य गोल अन्तरले हराइसकेको छ ।
सिफारिस
लोकप्रिय



