• vacancy ad
  • ओलीले दिए राजनीतिक प्रस्ताव पेस गर्ने जिम्मा शंकर पोखरेललाई

  • Ad Space available
  • नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने जिम्मा शंकर पोखरेललाई दिएका छन् ।

    राजनीतिक प्रस्ताव पेस गरिरहेका ओलीले आफूलाई रुघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा पोखरेललाई दिएका हुन् ।

    ad space

    ललितपुरको गोदावरीमा शुक्रबारदेखि एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । अध्यक्ष ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गरेका थिए ।

    तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय