अन्तत : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा गरेका छन् । गुरूङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले राजीनामा बुझाएका हुन् ।
गुरुङमाथि पेस गरिएको अविस्वासको प्रस्तावमाथि सोमबारबाट मतदानको कार्यसूची रहेको थियो । यस अघि लुम्विनी प्रदेशमा पनि एमालेले यस्तै रणनीति अपनाएको थियो । पदबाट राजीनामा गरेर पुन ठूलो दलका हिसावले गुरूङलाई नै नियुक्ति गर्ने तयारी भएको हुन सक्ने कतिपय नेताले बताएका छन् ।
सिफारिस
लोकप्रिय