• vacancy ad
  • एमालेको विधान महाधिवेशनको तयारी पूरा

  • Ad Space available
  • नेकपा एमालेको असोज १५ गते शुक्रबारबाट शुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ ।

    बिहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

    ad space

    पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले शुक्रबार सवा १२ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए ।

    उनले उद्घाटनपछि तीनवटा प्रस्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको बताए । उनले विधान महाधिवेशनमा देशभरबाट बरिव ६ हजार प्रतिनिधि सहभागी बन्ने बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय