
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतीमा एक
व्यक्तिको शव फेला परेको छ।
होटलको एक कोठामा कतारी नागरिक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
चार दिनअघि काठमाडौं आएका उनी बुधबार फर्किने जानकारी होटलमा गराएका थिए । तर उनी दिउँसोसम्म बाहिर ननिस्किएपछि होटलका कर्मचारी हेर्न गएका थिए ।
ढोका भित्रबाट लक गरिएको र नखोलेपछि खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । घटनाबारे कतारी दूतावासलाई जानकारी गराइएको प्रहरीले जनाएको छ।
सिफारिस
लोकप्रिय