• vacancy ad
  • देशभर थपिए ११५७ संक्रमित, ८ जनाको मृत्यु

  • Ad Space available
  • नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५४१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

    आज देशभर १ हजार ११३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ६४ हजार ८४१ पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ११३ पुगेको छ ।

    देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छल। तीमध्ये १६ हजार ८७८ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा एक हजार ३१५ संक्रमित छन् भने ३५४ जना आइसियुमा र ९९ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।

    सिफारिस
    लोकप्रिय