अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित आयोगको कार्यालयमार्फत खटिएको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।
प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्न संचालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा अनियमितता गरेको भन्दै अख्तियारले छापा मारेको हो ।
त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर खरिदसम्बन्धी फाइल ल्याउने क्रममा रहेको र अनुसन्धानका लागि केन्द्रमा पठाउने छ ।
सिफारिस
लोकप्रिय


