• vacancy ad
  • पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो, मेस्सीको उत्कृष्ठ गाेल

  • Ad Space available
  • काठमाडौं : युईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जेर्मेइन (पीएसजी)ले २–० गोल अन्तरले पराजित गरेको छ।

    समूह एमा रहेको पीएसजीको जितमा इड्रिसा गाना गुआई र लियोनल मेस्सीले एक एक गोल गरेका थिए।

    ad space

    घरेलु मैदानमा आठौं मिनेटमा इड्रिसाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। यसैगरी ७४ औं मिनेटमा लियोनल मेस्सीले गोल गरेपछि पीएसजीले अग्रता दोब्बर बनाएको थियो।

    बार्सिलोनाबाट पीएसजीमा यसै सिजन आएका मेस्सीले डेब्यु गोल पनि गरेका छन्। उनी चार खेलमा गोलविहीन बनेका थिए। यस्तै समूह ए कै अर्को खेलमा जर्मन क्लब आरबी लाइप्जिगले बेज्यिन टोली क्लब ब्रुगलाई २–१ गोल अन्तरले पराजित गरेको छ। ​

    गएरातिको नतिजापछि समूह ए मा पीएसजीले ४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने ब्रुग पनि समान ४ अंक भएपनि दोस्रो स्थानमा छ।

    यसैगरी सिटी ३ अंकका तेस्रो स्थानमा रहँदा क्लब ब्रुगले खाता खोलेको छैन।

  • ad space
  • सिफारिस
    लोकप्रिय