• vacancy ad
  • भ्रष्टाचार गरेको अभियोगमा अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

  • Ad Space available
  • काठमाडाैँ । अल्जेरियाका दुईजना पूर्वप्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले जेल सजायको फैसला सुनाएको हो। 

    पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ बर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई त्यहाँको अदालतले पाँच वर्ष जेल सजायको फैसला सुनाएको छ।

    ad space

    उनीहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका अभियोगमा जेल सजाय सुनाइएको हो।

    सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई अदादतदृ मुख्य मुद्दा बनाएको छ। भवन निर्माण समितिका प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै पाँच वर्षको जेल सजाय तोकिएको थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय