• vacancy ad
  • नेकपा (एकीकृत समाजवादी) बाट को को मन्त्री हुँदैछन ?

  • Ad Space available
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ ।

    सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो ।

    ad space

    एकीकृत समाजवादीबाट विरोध खतिवडाले सरकारको नेतृत्व गर्ने भएका छन् ।

    त्यस्तै, रामकुमारी झाँक्री, मेटमणि चौधरी, प्रेम आलेमगर, जीवनराम श्रेष्ठ मन्त्री हुने टुंगो लागेको छ । त्यस्तै, किसान श्रेष्ठ र भवानी खापुङमध्ये एक जना मन्त्री हुनेछन् ।

    एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीबाट मन्त्री हुनेको नाम टुंगो लागेको पुष्टि गरेका छन् ।

    सो पार्टीले नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेको स्रोतको दाबी छ । 

  • ad space
  • सिफारिस
    लोकप्रिय