
नेपालमा पछिल्लो २४ घन्टामा १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३ नमूनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको हो ।
यससँगै नेपालमा हालसम्म ८ लाख ८४ हजार ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थप एक हजार ३१८ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण कुल मृत्यु संख्या ११ हजार १२५ पुगेको छ । हाल मुलुकभर १८ हजार ४२२ सक्रिय संक्रमित छन् ।
सिफारिस
लोकप्रिय