• vacancy ad
  • देउवालाई ओलीको सन्देश : अध्यादेश एमाले फुटाउने षड्यन्त्र भएको पुष्टि

  • Ad Space available
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश नेकपा एमाले फुटाउने षडयन्त्रमात्रै भएको सन्देश प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएका छन् । मंगलबार अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत् ओलीले देउवालाई यस्तो सन्देश पठाएका हुन् ।

    भेटपछि ओलीको सचिवालयका तर्फबाट जारी गरिएको प्रेस विज्ञप्तिमा सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश असोज ११ गते फिर्ता गरेको सूचना जारी गराएको भन्दै यो बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको उल्लेख छ । विज्ञप्तिमा चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र भएको बताइएको छ ।

    “सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ”, विज्ञप्तिमा भनिएको छ, “चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।”

    भेटमा ओलीले संसद्को बैठक चालु रहेको अवस्थामा अध्यादेशको काम गरिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

    सिफारिस
    लोकप्रिय