• vacancy ad
  • प्रदेश २ : लोसपा संसदीय दलको नेता निर्वाचनबाट चयन, सोनल बने

  • Ad Space available
  • काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश नम्बर २ संसदीय दलको नेतामा जितेन्द्र सोनललाई चयन गरिएको छ। 

    सोमबार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास सफल नभएपछि राति अबेर निर्वाचनमार्फत दलको नेता चयन गरिएको हो। 

    सोनल र उपेन्द्र महतोबीच चुनावी प्रतिस्पर्धा भएको थियो। लोसपाका १६ सांसदमध्ये सोनलले ९ मत पाए भने महतोले ६ मत। एक मत बदर भयो। 

    सोनल यसअघि साविकको राजपाको पनि प्रदेश २ संसदीय दलको नेता थिए। उनले प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका थिए।

    केही महिनाअघि उनलाई मुख्यमन्त्री लालबाबु राउतले सरकारबाट हटाएका थिए।  

    लोसपा संसदीय दलको नेता चयन गर्न बसेको बैठकमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिलकुमार झालगायत पनि सहभागी थिए। बैठकले लोसपाको संसदीय दलको विधान पनि पारित गरेको पार्टीले जनाएको छ। 

    सिफारिस
    लोकप्रिय