• vacancy ad
  • उपत्यकामा तीन जनाको शंकास्पद मृत्यु

  • Ad Space available
  • काठमाडाैं। काठमाडौं उपत्यककाका विभिन्न स्थानमा तीन जना मृत भेटिएका छन् ।

    प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका १४ कलङ्कीस्थित गेष्ट हाउसको कोठामा भारतको कोलकता घर भएका ८२ वर्षीय किशन गिरी मृत भेटिएका छन् ।

    उता काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा दोलखा सैलुङ गाउँपालिका घर भएका बसका चालक ४४ वर्षीय तुलबहादुर उप्रेती पनि आज मृत भेटिएका छन् ।

    पार्किङ गरी राखेको बा ५ ख ६५३० नम्बरको बसभित्र उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

    उता ललितपुरको गोदावरी नगरपालिका–७ सल्लेनी कटुवाल दह जाने सडक मुनि झाडीमा सोही ठाउँ बस्ने २९ वर्षीय राजकुमार व्लोन पनि मृत अवस्थामा फेला परेका छन् ।

    उनको टाउको र घाटीमा धारिलो हतियारको चोट रहेको जनाइएको छ । तीनैवटा घटना शंकास्पद रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सिफारिस
    लोकप्रिय