• vacancy ad
  • सरकारद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस

  • Ad Space available
  • काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको हाे।

    सरकारले गत भदाै १ गते केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने प्रावधानसहितको अध्यादेश ल्याएको थियो। यो अध्यादेशपछि एमाले विभाजन भएर एकीकृत समाजवादी र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनेको थियो ।

    ती दलले दर्ता प्रक्रिया पूरा गरेपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो। राष्ट्रपतिले अध्यादेश फिर्ता लिने निर्णय प्रमाणीकरण गरेलगत्तै मन्त्रिपरिषद् विस्तारको बाटो खुल्ने सत्तारुढ दलका नेताहरुको भनाइ छ।

    यसअघि बसेको सत्तारूढ दलको बैठकले अध्यादेश फिर्ता लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने निर्णय गरेको थियो ।

    सिफारिस
    लोकप्रिय