एजेन्सी । ब्राजिलका स्टार नेयमारले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँगको सम्झौता चार वर्ष लम्ब्याएका छन्। योसँगै उनी अब सन् २०२५ सम्म पीएसजीमा रहनेछन्। उनले मासिक ५० लाख पाउण्ड पारिश्रमिक पाउनेछन् ।
यसअघि उनी बार्सिलोना फर्किनेसहित विभिन्न सम्भावना रहेको अनुमान गरिएको थियो । तर उनले पीएसजीसँग नयाँ सम्झौता गरेका हुन्। उनी चार वर्षअघि कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पीएसजी गएका हुन्।
सन् २०२२ सम्म सम्झौता भए पनि पीएसजीले नेयमारसँग नयाँ सम्झौताका लागि छलफल अघि बढाएको थियो । सन् २०१९ मा पीएसजी छाड्ने घोषणमा गरेका उनले दुई साताअघि मात्रै पीएसजीमा खुसी रहेको बताएका थिए ।
सिफारिस
लोकप्रिय