• vacancy ad
  • आजको मौसम : यस्तो छ वर्षाको सम्भावना

  • Ad Space available
  • काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (सोमबार बिहान ६ बजे) गण्डकी र लुम्बिनी प्रदेशमा मौसम सामान्य (धेरैजसो आकाश बादलले ढाकेको, केही मात्र खुला) देखि पूर्ण (पूरै आकाशमा बादल) सम्म बदली रही बाँकी स्थानमा आंशिक (थोरै आकाशमा बादल, धेरैजसो खुला) देखि सामान्यसम्म बदली छ। 

    महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

    ad space

    यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि) मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। 

  • ad space
  • सिफारिस
    लोकप्रिय