• vacancy ad
  • मुख्यमन्त्री पोखरेलसँग राष्ट्रसंघका नेपाल प्रमुखको भेटवार्ता

  • Ad Space available
  • पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग संंयुक्त राष्ट्रसंघका लागि नेपाल प्रमुख सारा बेसोलो नान्तीबीच आज पोखरामा औपचारिक भेटवार्ता भएको छ ।

    विश्व पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा नेपाल आएकी साराले मुख्यमन्त्री पोखरेलसँग उनको कार्यालयमा भेटवार्ता गरेकी हुन्।

    सो अवसरमा मुख्यमन्त्री पोखरेलले संयुक्त राष्ट्रसंघको स्थापना भएदेखि नै नेपाल निरन्तर संलग्न हुँदै आएको स्मरण गर्दै सुरक्षा परिषद्देखि विभिन्न समितिमा जिम्मेवारी लिएर नेपालले सफलताका साथ काम गर्दै आएको बताए।

    संयुक्त राष्ट्रसंघको नेतृत्वमा विश्वमा शान्ति स्थापनाको सवालमा नेपालले महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले राष्ट्रसंघकै नेतृत्वमा शान्ति, स्थिरता र समृद्धि हासिल हुनेमा नेपाल सदैव प्रतिबद्ध रहेको बताए।

    राष्ट्रसंघले नेपालमा मानवीय क्रियाकलापका क्षेत्रमा लैङ्गिक विकास, मानव अधिकार, दिगो विकास लक्ष्य हासिलका लागि गरेको सहयोग महत्वपूर्ण रहेको उनको भनाइ छ ।

    कोभिडले थला परेको सामाजिक आर्थिक अवस्थालाई पुनरुत्थान गर्न आफूहरू अग्रसर रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य, शिक्षा र समग्र विकास प्रणालीलाई फरक ढङ्गबाट सम्बोधन गर्नुपर्ने धारणा राखे।

    संंयुक्त राष्ट्रसंघका लागि नेपाल प्रमुख साराले दिगो आर्थिक विकास, प्रदुषणमुक्त रोजगारी आफूहरूको पहिलो प्राथमिकता रहेको बताइन्।

    दिगो विकास लक्ष्य कार्यान्वयन गर्ने, न्यायमा आधारित सामाजिक तथा आर्थिक विकास गर्न राष्ट्रसंघले अझै सघाउने उनले प्रतिबद्धता व्यक्त गरिन् । भेटमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्ले र प्रमुख सचिव डा.दामोदर रेग्मीले प्रदेशका प्राथमिकता र राष्ट्रसंघको भूमिकाका सम्बन्धमा प्रकाश पारे।

    सिफारिस
    लोकप्रिय