
पछिल्लो २४ घण्टामा ८ हजार ४ सय १८ जना थपिएका छन् । शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ९१ सय बढी संक्रमित थपिएकोमा शुक्रबारको तुलनामा घटेका छन् ।
शनिबार ८४ सय १८ जना थपिएपछि सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १७ हजार ३ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार २ सय ८७ र ९ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा कोरोनाकै कारण ५३ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ३ हजार ६ सय ३२ पुगेको मन्त्रालयले जनाएको छ ।
सिफारिस
लोकप्रिय