• vacancy ad
  • कसरी चुनावमा जाने भन्ने नठान्नू, हामीसँग कामको फेहरिस्त छ: ओली

  • Ad Space available
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन् । आज तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफूहरूले गरेको कामको फेहरिस्त रहेको पनि बताए । उनले सत्तामा रहँदा र नरहँदा राम्रो काम गरेकाले जनतामा जान हिच्किचाउन नहुनेसमेत बताए ।

    ‘हामीसँग एजेण्डा छैन, कसरी चुनावमा जाने भन्ने नठान्नु होला । हामीले काम गरेका छौँ । कामको फेहरिस्त छ । राष्ट्रियताका लागि गरेका छौं, समृद्ध नेपाल सुखी नेपालीको नारा कार्यान्वयनमा लगेका थियौं’ उनले भने, ‘हामीले जनतासँग कसरी भोट माग्ने ? भन्ने अवस्था छैन, राम्रो काम गरेका छौँ । नराम्रो काम मात्रै गर्नेले पनि चुनावमा जान्छौँ भनिरहेका छन् । हामी किन डराउने ?’

    एमालेको संगठनात्मक संरचनालाई २०७५ जेठ २ को अवस्थामा फर्काउने भनेर असार २८ गते भएको १० बुँदे सहमित कार्यान्वन नभएकोप्रति १० जना स्थायी समिति सदस्य र केन्द्रीय सदस्यले विरोध जनाएका छन् । त्यसप्रति लक्षित गर्दै ओलीले भने, ‘एमाले अनुशाशित, मर्यादित, गतिशिल, विधिमा आधारित पार्टी बनाउन आवश्यक छ। त्यसका लागि विधानले व्यवस्था गरेको छ। त्यसैका आधारमा अघि बढ्नुपर्छ ।’

    अध्यक्ष ओलीले नेपालमा विकासबारे योजना बनाउने, भिजन दिने पार्टी नै एमाले भएको दाबी गरे।

    एमालेको केन्द्रीय कमिटी बैठक विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदनहरूमा केन्द्रित छ । आज बसेको केन्द्रीय कमिटीले राजनीतिकलगायत प्रतिवेदन पारित गर्ने तयारी गरेको छ । एमालेले असोज १५ देखि १७ सम्म विधान महाधिवेशन गर्ने मिति तय गरेको छ ।

    सिफारिस
    लोकप्रिय