• vacancy ad
  • मोदीले बाइडेनलाई दिए भारत भ्रमणको निम्तो

  • Ad Space available
  • एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई भारत भ्रमणका लागि निमन्त्रणा दिएका छन्।

    अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले बाइडेनलाई निमन्त्रणा गरेका हुन्।

    ad space

    गत जनवरी २० मा राष्ट्रपतिको पद सम्हालेपछि उनीहरुबीच पहिलो पटक भौतिकरुपमा भेटवार्ता भएको हो।

    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका आएका बेला उनीहरुका बीचमा भेटवार्ता भएको हो ।

    प्रधानमन्त्री मोदीको प्रस्तावलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिएको भारतको विदेश मामिला मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

    उनहरुका बीचमा पूर्वनिर्धारित तालिकाअनुसार नै भेटवार्ता भएको र भेटवार्ता उपलब्धीमुलक भएको मन्त्रालयले जनाएको छ ।

    ‘प्रधानमन्त्री मोदीले राष्ट्रपति बाइडेनलाई भारत भ्रमणको निमन्त्रणा दिएको छ, त्यसलाई राष्ट्रपति बाइडेनले सकारात्मकरुपमा लिँदै धन्यवाद दिएका छन्”, वक्तव्यमा लेखिएको छ ।

    भारतीय विदेश सचिव हर्षवर्धन श्रीङ्गलाले भेटवार्तामा साझा चासो, दुई पक्षीय हित, आपसी सहकार्य तथा सम्वन्धलाई अझ बलियो बनाउनेलगायतका विषयमा कुराकानी भएकाे जानकारी दिए।

    प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्ने र आतङ्कवादसँग लड्ने उपायबारे छलफल भएको जनाइएको छ ।

    उनीहरुबीच रक्षा, व्यापारिक सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई थप गर्ने बारेमा पनि छलफल भएको उनले बताए।

    प्रधानमन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थितिबारे पनि छलफल भएको बताइएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय