• vacancy ad
  • ‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छु : नेता सिंह

  • Ad Space available
  • काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन खोजेको बताएका छन्।

    नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप लगाउँदै आफू ‘नम्बर वान म्यान’ भएर पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउन खोजेको बताए।

    ad space

    ‘मैले गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र सुशील कोइराला सभापति हुँदा उपसभापति र महामन्त्री भएर काम गरिसकेको छु, पार्टीलाई बलियो बनाउन ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहन्छु’, उनले भने।

    अग्रज नेताको सम्मान गर्दै पार्टीमा नयाँपुस्ता अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । नेता सिंहले नेविसंघ, जिल्लाको राजनीति हुँदै आफू केन्द्रीय राजनीतिमा आएकाले सबैको अनुभवलाई समेटेर अगाडि बढ्ने बताए।

  • ad space
  • सिफारिस
    लोकप्रिय