• vacancy ad
  • प्रतिनिधिसभाबाट बजेटसम्बन्धी दुई विधेयक पारित

  • Ad Space available
  • काठमाडाैं। प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। दुवै विधेयक बैठकले बहुमतले पारित गरेको हो ।

    ad space

    यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।

    बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।

    प्रतिनिधिसभाको अर्काे बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय