• vacancy ad
  • अक्सिजन सिलिन्डर लिन बेइजिङ उड्दै वाइड बडी जहाज

  • Ad Space available
  • काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्स्को वाइड बडी ए३३० जहाज वैशाख २७ गते बेइजिङ जाने भएको छ ।

    चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।

    ad space

    जहाजले चीनबाट ४ सय थान अक्सिजन सिलिन्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । साे प्रयोजनका  निम्ति निगमको वाइड बडी जहाज २७ गते बिहान ११ः३० बजे बेइजिङ प्रस्थान गर्ने र २८ गते अपराह्न २ः३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।

    निगमका महाप्रबन्धक  डिमप्रकाश पौडेलका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह बमोजिम चीनबाट अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको हाे ।

  • ad space
  • सिफारिस
    लोकप्रिय