• vacancy ad
  • देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

  • Ad Space available
  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    ad space

    आज राति देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    वषाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क  हुन विभागले आग्रह गरेको छ । 

  • ad space
  • सिफारिस
    लोकप्रिय