• vacancy ad
  • भारतले अक्टोबरदेखि कोरोनाविरुद्धको खोपको निर्यात गर्ने

  • Ad Space available
  • एजेन्सी। भारतले अक्टोबरदेखि कोरोनाविरूद्धको खोप अन्य देशमा निर्यात गर्न पुनः सुरु गर्ने भएको छ।

    देशभित्रै कोरोनाभाइरसको महामारी व्यापक फैलिएपछि भारतले गत अप्रिलमा खोप निर्यात रोकेको थियो।

    ad space

    विश्वकै सबैभन्दा ठूलो खोप निर्मातामध्ये पर्ने भारतले कोभिड खोप निकासीमा रोक लगाएपछि छिमेकी नेपाल लगायत विश्वभरि नै विकासोन्मुख देशहरूलाई असर परेको थियो।

    भारतीय स्वास्थ्यमन्त्री मनसुख मांडवियाले अक्टोबरमा भारतकै निम्ति त्यहाँका खोप निर्माताहरूले करिब ३० करोड मात्रा खोप उत्पादन गर्ने अनुमान गरिएको छ।

    त्योभन्दा बढी उत्पादन भएका खोप निकासी गरिने उनले बताए। उनले अब भारतले विश्वलाई मद्दत गर्ने र कोभ्याक्स अन्तर्गतको जिम्मेदारी बहन गर्ने बताए।

    भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिशिल्ड खोप ९२ वटा न्यून आय भएका मुलुकहरूमा कोभ्याक्समार्फत वितरण गरिने बताइएको छ।

    भारत सन् २०२१ को अन्त्यसम्ममा आफ्ना सबै वयस्क जनसङ्ख्यालाई खोप लगाइसक्न चाहन्छ। जनवरी यता भारतले झन्डै ८२ करोड मात्रा खोप लगाइसकेको छ।

    गत शुक्रबार एकैदिन भारतले २ करोड भन्दा धेरै मात्रा खोप लगाएको थियो।

    अप्रिलमा निकासीमा रोक लगाउनु पूर्व भारतले करिब ६ करोड मात्रा कोभिड खोप विभिन्न देशलाई उपलब्ध गराएको थियो।

  • ad space
  • सिफारिस
    लोकप्रिय