• vacancy ad
  • तेक्वान्दो खेलाडी पलेशा सम्मानित

  • Ad Space available
  • काठमाडाैं। टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् ।

    नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

    ad space

    टोकियो पारालम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसँग पराजित भएकी थिइन् ।

    रिपाचेजमा अमेरिका र सर्बियाकी खेलाडीलाई हराएर पदकनजिक पुगेकी पलेशा फाइनलमा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय