• vacancy ad
  • बर्लिन म्याराथनमा सहभागी हुन पार्की जर्मनी प्रस्थान

  • Ad Space available
  • काठमाडौं। गोपीचन्द्र पार्कीले विश्व चर्चित बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् ।

    सेप्टेम्बर २६ मा हुने म्याराथनका लागि पार्की मंगलबार राति ८ः४० बजे कतार एयरवेजबाट बर्लिन प्रस्थान गरेका हुन्। प्रशिक्षकमा सन्तोष श्रेष्ठ छन् ।

    ad space

    उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले मंगलबारै बिदाइ गरेका थिए।

    टोलीको हवाइ टिकट राखेपले व्यवस्था गरिदिएको हो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पार्कीको व्यक्तिगत उत्कृष्ट टाइमिङ २ घण्टा १८ मिनेट ५९ सेकेन्ड रहेको छ ।

    यसैबीच नेपालगन्ज म्याराथन आयोजक क्रिएटिभ ह्यान्ड्सले पनि पार्की र श्रेष्ठलाई मंगलबारै छुट्टै कार्यक्रम आयोजना गरी बिदाइ गर्‍यो । सदस्य–सचिव सिलवाल, क्रिएटिम ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीलागयतले उनीहरुलाई बिदाइ गरे ।

    त्यस अवसरमा क्रिएटिभ ह्यान्ड्सले पार्कीलाई मायाको चिनो स्वरुप ट्रयाक सुट, ब्याग र टिसर्ट प्रदान गरेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय