• vacancy ad
  • बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक

  • Ad Space available
  • सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ ।

    मन्त्रिपरिषद् बैठक सकिएलगत्तै मंगलबार साँझ साढे ६ बजेदेखि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा गठबन्धनको बैठक बसेको हो । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको अहिले बैठक जारी रहेको बताए ।

    बैठकमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थिति छन् ।

    बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्ने मुख्य एजेण्डा रहेको बुझिएको छ । मंगलबार दिउँसो मात्र देउवा र प्रचण्डबीच छलफल भएको थियो । देउवा नेतृत्वमा सरकार गठन भएको ७१ दिन बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेकै कारणले गठबन्धन सरकारको आलोचना भइरहेको छ ।

    सिफारिस
    लोकप्रिय