• vacancy ad
  • निर्वाचन आयोग र सभामुखविरुद्ध ओलीको मुद्दा हेर्दाहेर्दैमा

  • Ad Space available
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

    सोमबार न्यायाधीशद्वय दिपककुमार कार्की र कुमार चुँडालको इजलासमा भएको सुनुवाइ नसकिएकाले मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । निवेदक पक्षका कानुन व्यवसायी, सरकारी वकिल, नेपाल पक्षका कानुन व्यवसायीले बहस गरेका भए पनि निवेदक एमाले अध्यक्ष ओलीको जवाफ बाँकी रहेपछि मुद्दा मंगलबारका लागि हेर्दा हेर्दैमा राखिएको हो ।

    ad space

    माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी गठन हुँदा एमालेले कारबाही गरेका १४ जना सांसदलाई पनि सनाखत गरिएको भन्दै त्यसको खारेजी माग गर्दै ओलीले १७ भदौमा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । यो मुद्दामाथि २२ भदौमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कारण देखाउ आदेश जारी गरिसकेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय