• vacancy ad
  • एमाले स्थायी कमिटी बैठक बस्दै

  • Ad Space available
  • काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक पनि बस्ने भएको छ । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ । 

    यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएको थियो । पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको हो । यही असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुँदै छ । 

    केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार नै आफ्ना सुझाव दिएका थिए । आज बाँकी सदस्यहरूले सुझाव दिएपछि त्यसलाई पारित गरिने छ ।

    सिफारिस
    लोकप्रिय