• vacancy ad
  • कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल

  • Ad Space available
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ। कांग्रेस सभापति देउवासँग भेट गर्नका लागि प्रचण्ड बूढानीलकण्ठ पुगेका थिए।

    साँझ देउवा निवास पुगेका प्रचण्ड र देउवाबीच करिब आधा घण्टा छलफल भएको थियो । भेटका क्रममा प्रधानमन्त्री केपी ओलीले लिन लागेको विश्वासको मत विफल बनाउने विषयमा छलफल भएको बताइएको छ।

    ad space

    प्रधानमन्त्रीले विश्वासकाे मत लिने तयारी गरिरहँदा देउवा निवासमा चहलपहल बढेको छ। बुधबार प्रधानमन्त्री ओली दलबलसहित देउवा निवास पुगेका थिए भने बिहीबार एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि बुढानीलकण्ठ गएर देउवासँग छलफल गरेका थिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय