• vacancy ad
  • सगरमाथा आधार शिविरबाट फर्केका १२ मा कोरोना सङ्क्रमण

  • Ad Space available
  • सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ। सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै सङ्क्रमितको सङ्ख्या २१ पुगेको हो ।

    सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिइन्।

    उनका अनुसार वैशाख १५ र १६ गते एन्टिजेन परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रण पुष्टि भएको थियो। यस्तै बुधबार दुई तथा बिहीबार र शुक्रबार चार/चार जनामा सङ्क्रमण पुष्टि भएको उनले बताइन्।

    तीमध्ये कोरोना सङ्क्रमित दुईमा श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेसन सेन्टरमा राखी उपचार सुरु गरिएको गाउँपालिकाले जनाएको छ। अन्य आठ जनालार्ई होम आइसोलेसनमा राखिएको छ।

    सिफारिस
    लोकप्रिय