
नेपालमा पछिल्लो २४ घण्टामा ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
आज देशभर १ हजार ४१३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म निको हुनेको संख्या ७ लाख ४९ हजार २१३ पुगेको छ ।
त्यस्तै आज १२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोना कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४० पुगेको छ ।
देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २१ हजार ३६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
सिफारिस
लोकप्रिय