• vacancy ad
  • विवाह भोजमा सहभागी २५ जनामा कोरोना सङ्क्रमण

  • Ad Space available
  • बागलुङ। बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ। उनीहरु सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ।

    सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए। गाउँमा कोरोना सङ्क्रमणका शंकास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पीसीआर परीक्षण गरेको थियो।

    ad space

    बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। यति धेरै जनामा सङ्क्रमण देखिनु स्थानीयबासीको हेलचक्र्याइँ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले बताए ।

    गाउँपालिकामा सङ्क्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाइ छ। गाउँभर सङ्क्रमण फैलिएपछि रोकथामका लागि आफूहरु लागि रहेको उनको भनाइ छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय