काठमाडौं । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ९ हजार १९६ जना संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७ पीसीआर परीक्षणमा ९ हजार २३ र ४९५ एन्टिजेन परीक्षणमा ७३ जना गरी ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरसको संक्रमणका कारण थप ५० जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ।
त्यस्तै २ हजार ९०५ जनामा संक्रमणमुक्त भएका छन् । शुक्रबारसम्म नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७८ हजार ६२९ पुगेको छ ।
जसमध्ये ७२ हजार ७६९ जना होम आइसोलेसनमा छन् भने ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा छन् । संक्रमितमध्ये आईसीयूमा ७२८ जना र २३१ जना भेन्टिलेटरमा उपचाररत छन् ।
सिफारिस
लोकप्रिय