मस्कोबाट मेक्सिको जान लागेका १८ जना नेपाली जर्मनीको फ्रयांकफोर्ट विमानस्थलमा अध्यागमन विभागको नियन्त्रणमा परेका छन्।
मेक्सिको जान लाग्दा फ्रयांकफोर्ट विमानस्थलमा सुरक्षा जाँचका क्रममा भिसा र कागजात नक्कली भएको शंकाले उनीहरूलाई जर्मनीको सुरक्षा निकायले नियन्त्रण लिएको बुझिएको छ।
बर्लिनस्थित नेपाली राजदूतावासले सुरक्षा निकायलाई सम्पर्क गर्दा १८ जना नेपाली विमानस्थल अध्यागमन विभागले नियन्त्रणमा रहेको जनाएको छ।
उनीहरूलाई नक्कली भिसा र कागजातका कारण नियन्त्रणमा लिइएको बताइएकाे छ ।
सिफारिस
लोकप्रिय


