• vacancy ad
  • अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई उद्धार गर्न सकिएन

  • Ad Space available
  • काठमाडाैँ । अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई प्राविधिक कारणवश शनिबार उद्धार गर्न नसकिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

    दूतावासका अनुसार अब उनीहरूलाई सोमबार नेपाल ल्याइने सम्भावना छ । अफगानिस्तानमा अलपत्र नेपाली सर्वसाधारण र संयुक्त राष्ट्र संघमा कार्यरत थप नेपाली बिदामा नेपाल आउन लागेका हुन्। 

    ad space

    फर्किंदा दुबई हुँदै आउनुपर्ने र त्यसका लागि थप पीसीआर परीक्षण गर्नुपर्ने भएकाले उनीहरूलाई नेपाल ल्याउने काम दुई दिन पछि धकेलिएको हो। 

    अब उनीहरूलाई सोमबार अफगानिस्तानको राजधानी काबुलबाट इरानको राजधानी तेहरान, दुबई हुँदै काठमाडौं ल्याइने दूवतावासले जनाएको छ। 

    हालसम्म अफगानिस्तानबाट ९ सय ४० नेपालीलाई उद्धार गरी स्वदेश ल्याइएको सरकारले जनाएको छ। 

    अफगानिस्तानको सत्ता गत अगस्ट १५ देखि तालिबानले कब्जा गरेपछि त्यहाँबाट विदेशी तथा कतिपय स्वदेशी नागरिकसमेत धमाधम बाहिरिइरहेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय