गायक केतन क्षेत्रीको स्वरमा रहेको ‘मनको पीडा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको शब्द कल्याण सिंहले लेखेका हुन् ।
कल्याणकै कम्पोज रहेको गीतमा संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङको काम समिक सापकोटाले गरेका छन् । गीतमा आफूले भोग्नु परेको पीडालाई व्यक्त गरिएको छ ।
लिरिकल शैलीमा गीतको भिडियो तयार गरिएको छ । भिडियोलाई केतन क्षेत्रीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
सिफारिस
लोकप्रिय