• vacancy ad
  • अफगानिस्तानमा फेरि छात्रालाइ विद्यालय जान रोक

  • Ad Space available
  • एजेन्सी। तालिबानले अफगानिस्तानका माध्यमिक विद्यालयमा पुरुष शिक्षक र छात्रलाई अध्ययनका लागि फर्किन निर्देशन दिएको छ । यसअघि गरेको प्रतिबद्धताविपरीत छात्रालाई विद्यालयबाट वञ्चित गरेको छ।

    माध्यमिक तहका कक्षाहरू पुनः सञ्चालन गर्न तालिबानले प्रकाशित गरेको विज्ञप्तिमा महिला वा बालिकाको विषय उल्लेख गरिएको छैन। यो विज्ञप्तिपछि एक अफगान छात्राको भनाइ बीबीसीले उल्लेख गरेको छ।

    ad space

    उनले भनेकी छन्, ‘सबै कुरा एकदमै अन्धकारमय देखिएको छ।’

    तालिबानले वाचा गरे पनि पछिल्लो कदमले अफगानिस्तान सन् १९९० को दशककै जस्ता कठोर शासनमा फर्किन लागेको संकेत दिएको छ।

    अर्को घटनाक्रममा शुक्रबार तालिबानले महिला मन्त्रालयलाई बन्द गरेको जस्तो देखिएको छ। तालिबानले त्यसको ठाउँमा कडा धार्मिक मान्यताहरू लागू गर्ने पुरानो निकाय स्थापना गरेको छ।

    सन् १९९६ देखि २००१ का बीचमा तालिबानको शासनकालमा स्थापित सदाचार अभिवृद्धि तथा दुष्कर्म नियन्त्रणसम्बन्धी मन्त्रालयले सडकमा ‘नैतिकता प्रहरी’ परिचालन गरेको थियो । जसमार्फत् शरिया नामक कडा इस्लामिक कानुन कार्यान्वयन गराइन्थ्यो।

  • ad space
  • सिफारिस
    लोकप्रिय