• vacancy ad
  • ओकस सुरक्षा सम्झौताबाट असन्तुष्ट फ्रान्सले अमेरिका र अस्ट्रेलियाबाट राजदूत बोलायो

  • Ad Space available
  • एजेन्सी। बेलायत, अमेरिका र अस्ट्रेलियाबीच भएको सुरक्षा सम्झौताको विरोधमा फ्रान्सले अमेरिका र अस्ट्रेलियामा रहेका आफ्ना राजदूतहरूलाई फिर्ता बोलाएको छ।

    फ्रान्सले राजदूतहरूलाई छलफलका लागि फिर्ता बोलाउन लागिएको जनाएको छ। फ्रान्सका विदेशमन्त्रीले “असाधारण परिस्थितिको असाधारण निर्णय” भएको बताएका छन्।

    ad space

    अस्ट्रेलिया, बेलायत र अमेरिका संलग्न ‘ओकस’ नाम दिइएको त्रिदेशीय गठबन्धनले अस्ट्रेलियालाई परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन प्रविधि उपलब्ध गराउने सम्झौता गरेका हुन्।

    सम्झौतासँगै अस्ट्रेलियाले पनडुब्बी खरिद गर्ने फ्रान्ससँगको अर्बौँ डलरको सम्झौता खारेज गर्ने भएपछि फ्रान्स रुष्ट बनेको हो।

    दक्षिणी चीन सागरमा चीनको प्रभाव रोक्न सम्झौता गरेको देखिएको छ।

    अमेरिकी राष्ट्रपति जो बाइडन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र उनका अस्ट्रेलियन समकक्षी स्कट मरिसनले बुधवार घोषणा गरेका सम्झौताबारे फ्रान्सलाई केही घण्टाअघि मात्रै जानकारी दिइएको थियो।

    फ्रान्सका विदेशमन्त्री जाँ यिभ ल द्रियाँले जारी गरेको एक वक्तव्यमा सम्झौतालाई “पछाडिबाट हानिएको छुरा” सँग तुलना गरिएको छ।

    वक्तव्यमा उनले राष्ट्रपति एमानुएल माक्रोँको आग्रहमा राजदूतहरू फिर्ता बोलाउन लागिएको उल्लेख गरेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय