• vacancy ad
  • मोरक्कोमा एक महिलाले नौ शिशु जन्माइन्

  • Ad Space available
  • बामाको÷एजेन्सी– अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकैपटक नौ जना शिशुलाई जन्म दिएकी छन् । मालीका स्वास्थ्यमन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् ।

    कुनै महिलाले एकैपटक नौ जना शिशुलाई जन्म दिएको सम्भवतः यो विश्वकै पहिलो घटना हो । मोरक्कोको क्लिनिकका अनुसार सबै नौ जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।
    जन्मिएका शिशुमा पाँच बालिका र चार बालक छन् । मालीका स्वास्थ्यमन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जनाएको छ । २५ वर्षीया आमा हालिमा सिस्सेले मंगलबार मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन् ।

    ad space

    मालीका स्वास्थ्य अधिकारीले ती आमाको स्वास्थ्यस्थितिलाई विचार गरी माली पठाइएको जनाएका छन् । जन्मिएका शिशुको तौल ५ सय ग्रामदेखि एक किलोग्रामसम्मका रहेको क्लिनिकले जनाएको छ । ३० साताको गर्भपछि यी शिशुहरू अपरिपक्व अवस्थामा जन्मिएका हुन् । धेरै रगत बगेर आमाको स्वास्थ्यमा जोखिम देखिन थालेपछि चिकित्सकले सिजेरियन विधिबाट बच्चा निकालेका थिए । गिनिस बुक अफ वल्र्ड रेकर्ड्समा कुनै पनि आमाले ८ जनासम्म जीवित सन्तान जन्माएको पाइएको छ ।
    सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएकी थिइन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय