

कैलाली। पछिल्लो २४ घण्टामा कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–४ का ८१ वर्षीय पुरुष, उपमहानगरपालिका–४ की ५८ वर्षीया महिला र जोशीपुर गाउँपालिकाका ६० वर्षीय पुरुष तथा बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया महिला रहेका छन्।
धनगढीका ८१ र जोशीपुरका ६० वर्षीय पुरुषको बिहीबार तथा धनगढीकै ५८ वर्षीया महिलाको बुधबार र बझाङको दुर्गाथली गाउँपालिका–१ की ८२ वर्षीया बिहीबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
सिफारिस