बिहीबार पनि देशभर हल्का वर्षासहित मौसम बदलीको सम्भावना कायम रहेको छ । मौसम पूर्वाननुमान महाशाखाले बिहीबार लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको हो ।
साथै अन्य प्रदेशका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।
यसैगरी शुक्रबार पनि देशभर सामान्यदेखि पूर्ण बदली हुने सम्भावना रहेको जनाइएको छ । महाशाखाका अनुसार योवर्ष वर्षायाममा औसतभन्दा बढी वर्षा भएको रेकर्ड छ ।
सिफारिस
लोकप्रिय


